म्याग्दीमा कांग्रेसका गर्बुजा विजयी
म्याग्दी | मंसिर ८, २०७९
निर्वाचित उम्मेदवारहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गर्दैै मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपाल
म्याग्दीः म्याग्दीमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बीर) विजयी हुनुभएको छ ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन अन्तर्गत उहाँले आफ्ना प्रतिद्वन्द्वी नेकपा ९एमाले०का हरिकृष्ण श्रेष्ठले भन्दा तीन हजार आठ सय ३२ मत बढी ल्याएर प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो ।
प्रतिनिधिसभा सदस्यमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा गर्बुजाले २४ हजार २१ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जनाएको छ ।
जिल्लामा कूल ५० हजार छ सय २५ मत खसेकोमा गबुर्जाले २४ हजार २१ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिद्वन्द्वी एमालेका श्रेष्ठले २० हजार १ सय ८९ मत प्राप्त गर्नुभएको छ । गत सोेमबार राति ९ बजेदेखि मत गणना सुरु गरिएको थियो । धवलागिरि गाउँपालिका–१ गुर्जाको मतदान केन्द्रको मत पेटिकाबाट सुरु भएको मतगणनामा गर्बुजाले सुरुआती चरणदेखि नै अग्रता लिँदै आउनुभएको थियो ।
जिल्लाभरी ८६ हजार एक सय २० मतदाता रहेकोमा ५० हजार छ सय २५ मत खसेको थियो ।
म्याग्दीको प्रदेशसभा (१) मा भण्डारी विजयी
म्याग्दीको प्रदेशसभा क्षेत्र (१) मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हरि भण्डारी विजयी हुनुभएको छ ।
उहाँले नेकपा (एमाले)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाललाई नौ सय ७५ मतले पराजित गरी विजयी हुनुभएको हो । भण्डारीले १२ हजार सात सय ४० मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी कटुलाले ११ हजार सात सय ६५ मत प्राप्त गर्नुभएको छ ।
प्रदेशसभा क्षेत्र (१) मा ४८ हजार चार सय ७२ मतदाता रहेकामा २८ हजार सात सय १७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

